December 22, 2024

एजेन्सी – दस खेलाडीमा सिमित भएको आर्सनल एएफसी बर्नमाउथसँग पराजित भएको छ। इंग्लिश प्रिमियर लिगको जारी सिजनमा आर्सनलको यो पहिलो हारको हो।

आर्सनलले बर्नमाउथसँग २–० गोलको अन्तरले हार बेहोर्यो। यो हारले आर्सनलको उपाधि होडमा केही प्रभाव परेको छ। लिगका ८ खेलमा ५ जित, २ बराबरी, र १ हारसँग १७ अंक संकलन गरेर आर्सनल तेस्रो स्थानमा रहेको छ। स

मान अंक भएका एष्टोन भिल्ला चौथो स्थानमा छ। म्यानचेस्टर सिटीले १७ अंकका साथ दोस्रो स्थानमा रहँदा, लिभरपुल १८ अंकका साथ शीर्ष स्थानमा छ, जबकि सिटीले भने सात खेल कम खेलेको छ।

खेलको ३० औं मिनेटमा आर्सनल दश खेलाडीमा समेटिएको थियो। विलियन सालिवाले करियरको पहिलो कार्ड पाउँदै सिधै रातो कार्ड खाँदै मैदान छोड्नुपर्यो। उनले इभानिल्सनलाई गरेको खराब फाउलका कारण रातो कार्ड प्राप्त गरेका थिए।

खेलको ६९ मिनेटसम्म बर्नमाउथलाई रोक्न सफल आर्सनलले ७० औं मिनेटमा गोल खायो। रायन क्रिस्टीको गोलले बर्नमाउथलाई सुरुआती अग्रता दिलायो, र ७९ औं मिनेटमा जस्टिन क्लाइभर्टको पेनाल्टी गोलले बर्नमाउथको अग्रता दुव्र्यवस्थित बनायो।

गएको रातको खेलमा, एस्टोन भिल्लाले फुलहामलाई ३–१ गोल अन्तरले पराजित गर्यो। अर्को खेलमा, टोटनहमले वेष्ट ह्याम युनाइटेडलाई ४–१ को जित दर्ता गर्यो। म्यानचेस्टर युनाइटेडले ब्रेनफोर्डलाई २–१ ले हरायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *