एजेन्सी – युइएफए युरोकप छनोटमा पोर्चुगलले अर्को सहज जित निकालेको छ। सन् २०२४ मा हुने युरोकपका लागि छनोट भइसकेको पोर्चुगलले अर्को सहज जित निकालेको हो।
बिहिबार राति पोर्चुगलले लिएचटेनस्टेइनलाई २-० को गोल अन्तरले पराजित गर्यो। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र जोआओ क्यान्सेलोले एक-एक गोल गरे।
युरो छनोटमा पोर्चुगलको यो नवौं जित हो। ९ खेलम जित निकाल्दै पोर्चुगलले २७ अंक बनाएको छ। त्यस्तै लिएचटेनस्टेइन भने जित बिहिन छ। युरो छनोटमा लिएचटेनस्टेइनले कुनै पनि खेलमा जित निकाल्न सकेको छैन।
रोनाल्डोले उछिने रामोसलाई
युरो छनोटमा लिएचटेनस्टेइन विरुद्ध जित निकालेसंगै रोनाल्डो युरोपियन छनोटमा सबै भन्दा बढी खेल जित्ने खेलाडी बनेका छन्। स्पेनका दिग्गज खेलाडी सर्जियो रामोसलाई पछि पर्दै रोनाल्डो युरोपियन छनोटमा सबै भन्दा बढी खेल जित्ने खेलाडी बनेका हुन्। युरोपियन छनोटमा रोनाल्डोको जित संख्या ३१ पुगेको छ। रामोसले भने ३० खेल जितेका छन्।
🚨BREAKING: Cristiano Ronaldo beats Sergio Ramos’ record as the person who has won the most in the history of the European Nations Qualifiers:
• 🇵🇹 31 wins Cristiano Ronaldo
• 🇪🇸 30 wins Sergio Ramos
• 🇭🇷 28 wins Luka Modric
• 🇮🇹 28 wins Gianluigi Buffon pic.twitter.com/tAyKCxu9mv— insiderCr7Stats (@insiderCr7Stats) November 16, 2023