September 19, 2024

काठमाडौँ – विश्वकप क्रिकेटको उपाधिका लागि २४१ रनको मध्यम लक्ष्य पाएको अस्ट्रेलिया सम्हालिएको छ। सुरुवाती ओभरमै झट्का पाएपनि अस्ट्रेलिया सम्हालिएको हो।

मोहम्मद शामी र जसप्रित बुमराहले भारतलाई सफलता दिलाएका थिए। दुईले अस्ट्रेलियाको तीन विकेट लिएका थिए। तर यति बेला अस्ट्रेलियाले सम्हालिएर प्रदर्शन गरिरहेको छ।

ट्रेभिस हेड र मार्नस लाबुसांगे क्रिजमा जमेका छन्। उनीहरूबीच राम्रो पाटर्नरसिप भएकाे छ । हेडले ६५ रन बनाएका छन् भने लाबुसांगेले ३१ रन बनाएका छन् ।

भारतका लागि बुमराहले दुई र शामीले एक विकेट लिएका छन् । यो समाचार तयार पार्दासम्म अस्ट्रेलियाले तीन विकेटको क्षतिमा २५ दश्मलभ ४ ओभरमा ओभरमा १ सय ३९ रन पूरा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *