एजेन्सी – क्याटलान क्लब बार्सिलोना लामो समय पछि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा जित निकालेसंगै बार्सिलोना नकआउट चरणमा प्रवेश गरेको हो।
बार्सिलोनाले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सन् २०२१ मा क्लब छाडेपछि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सकेको थिएन। बार्सिलोना दुई पटक समूह चरण बाटै बाहिरिन पुगेको थियो।
मंगलबार राति बार्सिलोनाले पोर्टोमाथि पुनरागमन जित निकाल्यो। एक गोलले पछि परिसकेको अवस्थामा बार्सिलोनाले पोर्टोमाथि २–१ को पुनरागमन जित निकालेको हो।
पोर्टोले पेपेको गोलले अग्रता लिएको थियो। उनले खेलको ३० औं मिनेटमा गोल गरेका थिए। तर खेलको ३२ औं मिनेटमै बार्सिलोनाले बराबरी गोल फर्कायो।
सो गोल पोर्चुगिज स्टार जोआओ क्यान्सेलोले गरेका थिए। पहिलो हाफमा थप कुनै पनि गोल हुन सकेनन्। खेलको ५७ औं मिनेटमा जोआओ फेलिक्सले निर्णायक गोल गरे।
यससंगै बार्सिलोना एक खेल बाँकी रहँदै अन्तिम ३६ मा प्रवेश गरेको छ। बार्सिलोना समूह ‘एच’को शिर्ष स्थानमा छ। बार्सिलोनाले समूह चरणका ५ मद्ये ४ खेलमा जित निकालिसकेको छ।