December 23, 2024

एजेन्सी – अल-नासरका प्रशिक्षक लुइस क्यास्ट्रोले क्रिस्टियानो रोनाल्डोको चोटको बारेमा महत्त्वपूर्ण जानकारी दिएका छन्। एक पत्रकार सम्मेलनका क्रममा क्यास्ट्रोले रोनाल्डोको चोटका बारेमा जानकारी दिएका हुन्।

पोर्चुगिज फुटबल आइकनले घाँटीको चोटका कारण एसियन च्याम्पियन्स लिगमा पर्सेपोलिस विरुद्धको खेलको बीचमै मैदान छाड्न परेको थियो। ३८ वर्षिय खेलाडी आगामी डिसेम्बर १ मा हुने अल-हिलाल विरुद्धको खेलका लागि उपलब्ध हुने नहुने स्पष्ट छैन।

सो सम्बन्धमा जानकारी दिँदै क्यास्ट्रोले चिकित्सा टोलीले चोटको अध्ययन गरिरहेको बताए। उनका अनुसार अल हिलाल विरुद्धको महत्वपूर्ण खेलका लागि रोनाल्डोलाई उपलब्द गराउन सक्दो प्रयास भइरहेको छ।

“चिकित्सा टोलीले चोटको अध्ययन गरिरहेको छ र उनी अर्को खेलको लागि तयार छन् भनेर सुनिश्चित गर्न सबै गर्नेछ।”,अल हिलाल विरुद्धको महत्वपूर्ण खेल अगाडी पत्रकार सम्मेलनका क्रममा क्यास्ट्रोले भने।

अल-नासरमा क्रिस्टियानो रोनाल्डोको योगदान प्रभावशाली छ। रोनाल्डोले यस सिजन अल नासरका लागि १५ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *