एजेन्सी – आइतबार राति म्यानचेस्टर सिटी टोटनहमसँग बराबरीमा रोकियो। इंग्लिस प्रिमियर लिगमा सिटी घरेलु मैदानमै बराबरीमा रोकिएको हो।
खेलको अन्तिम समयमा गोल बेहोर्न पुग्दा सिटी टोटनहमसँग ३-३ को बराबरीमा अड्कियो। सिटीका लागि ज्याक ग्रिलिस र फिल फोडेनले गोल गरे। एक गोल भने सिटीले उपहारमा पाएको थियो।
पाहुना टोलीका लागि सन ह्युङ मिन, जियोभेनी र डेजनले गोल गरे। बराबरीमा रोकिएसंगै सिटीले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो। आइतबारकै खेलमा जित निकालेको लिभरपुल दोस्रो स्थानमा उक्लियो।
When Haaland angry 😤#Haaland #ManCity pic.twitter.com/S0IgF5jJmv
— Football LOL (@FootballLO83040) December 4, 2023
टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीका स्ट्राइकर एर्लिङ हालाण्ड असन्तुष्ट देखिए। हालाण्ड रेफ्रीको भूमिकालाई लिएर असन्तुष्ट देखिएका हुन्। खेल पश्चात आक्रोशित देखिएका थिए।
Haaland still fuming at full time. Never seen him this angry before because the referee’s always sided with Manchester city pic.twitter.com/PQ0Y7BxlTY
— Khojo_Hazard ( X ) 🫠 (@Khojo_Hazard25) December 3, 2023
खेलको इन्ज्युरी समयमा हालाण्डलाई टोटनहमका खेलाडीले फाउल गरेका थिए। हालाण्डले आफूलाई सम्हाल्दै बल ज्याक ग्रिलिसलाई पास गरेका थिए।
— Erling Haaland (@ErlingHaaland) December 3, 2023
ज्याक ग्रिलिस गोल गर्न अगाडी बढ्दै गर्दा रेफ्री साइमन हुपरले सिटी बजाएर फाउलको संकेत गरे। साइमनको सो भूमिकालाई लिएर हालाण्डले सामाजिक संजाल मार्फत पनि असन्तुष्टि व्यक्त गरेका छन्।