September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पूर्व स्टारद्वय लियोनेल मेस्सी र लुइस सुआरेज बीच पुनर्मिलन हुने सम्भावना बढेको छ। बार्सिलोनामा लामो समय संगै खेलेका मेस्सी र सुआरेज बीच मेजर सकर लिगमा पुनर्मिलन हुने सम्भावना बढेको हो।

सुआरेजले शनिबार ब्रासिलिराओ क्लब ग्रेमियोको अन्तिम घरेलु खेल खेले। उनले भास्को दा गामा विरुद्ध निर्णायक गोल गरे। सो गोल पश्चात उनले घरेलु मैदानमा समर्थक माझ बिदा मागे।

सुआरेज सन् २०२३ मा ग्रेमियो सामेल भएका थिए। सुआरेज र ग्रेमियो बीच दुई वर्षका लागि सम्झौता भएपनि सुआरेज सम्झौता सकिनु भन्दा अगाडी नै क्लब छाड्ने सोचमा छन्।

ग्रेमियोमा हुँदा सुआरेजले ३२ लिग खेलमा १५ गोल गरे। सुआरेजको साथले ग्रेमियो लिगको चौंथो स्थानमा अटाएको छ। मात्र एक खेल बाँकी रहँदा ग्रेमियोले ६५ अंक बनाएको छ।

ट्रान्सफर मार्केटका जानकार फाब्रिजियो रोमानोका अनुसार सुआरेज र मेजर सकर लिग क्लब इन्टर मियामी बीच छिट्टै सम्झौता हुन सक्छ। दुई पक्ष बीच एक वर्षका लागि सम्झौता हुन सक्ने बताइएको छ। यस्तो भएमा मेस्सी र सुआरेज एक पटक पुनः एकै क्लबमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *