September 20, 2024

एजेन्सी – अर्जेन्टिनाका एक उदयीमान खेलड़िउ भित्र्याउनको लागि युरोपका विभिन्न क्लबहरु बीच प्रतिष्पर्धा हुने देखिएको छ। पछिल्लो समय चर्चामा रहेका क्लाउडियो इचेभेरीलाई भित्र्याउन युरोपका हेभिवेट क्लबहरु प्रतिष्पर्धामा उत्रिएका हुन्।

‘अर्को लियोनल मेस्सी’ भनेर भनेर चर्चा गरिएका इचेभेरीलाई भित्र्याउन रियल म्याड्रिड, बार्सिलोना र म्यानचेस्टर सिटी प्रतिष्पर्धामा देखिएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार यी तीन बाहेक अन्य क्लबहरु पनि इचेभेरीलाई भित्र्याउन दौडमा छन्। उनलाई पिएसजीले पनि भित्र्याउन चाहेको बताइन्छ।

तर मुख्यतः उनका लागि यी तीन क्लब बीच नै प्रतिष्पर्धा हुनेछ। केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने त इचेभेरी भित्र्याउने दौडमा सिटी सबै भन्दा अगाडी छ।

सिटीले सन् २०२२ मा रिभर प्लेटबाट जुलियन अल्भारेजलाई भित्र्याएको थियो। रिभर प्लेटसंग राम्रो सम्बन्ध भएका कारण सिटीले इचेभेरीलाई सहजै भित्र्याउन सक्ने दावी गरिन्छ।

१७ वर्षीय आक्रमणकारी मिडफिल्डर गोल गर्ने राम्रो क्षमता राख्छन्। साथै उनी नेतृत्व गर्न पनि सक्षम छन्। उनकै नेतृत्वमा अर्जेन्टिना यू-१७ विश्वकपको सेमिफाइनल सम्म पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *