September 20, 2024

एजेन्सी – बुधबार राति प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्यो। भिल्लाको घरेलु मैदानमा भएको खेलमा सिटी धेरै नै खराब प्रदर्शन गर्यो।

बलमा राम्रो नियन्त्रण राखेपनि सिटी आक्रमणमा नराम्रोसंग चुक्यो। खेलभर सिटीले बलमा ५४ प्रतिशत नियन्त्रण राखेको थियो। तर सिटीको तर्फबाट खेलभर मात्र दुई प्रहार भएका थिए।

सिटीले पोस्टमा मात्र दुई पटक प्रहार गर्दा भिल्लाले भने २२ पटक प्रहार गरेको थियो। भिल्ला विरुद्ध कम्जोर आक्रमण गरेपछि बुधबार राति एक खराब रेकर्ड बन्यो।

सिटीका प्रशिक्षकका लागि भिल्ला विरुद्धको खेल इतिहाँसकै खराब मध्ये एक बन्न पुग्यो। प्रशिक्षक पेप गार्डियोलाको टोलीले कुनै पनि खेलमा यति कम प्रहार कहिल्यै गरेको थिएन।

बार्सिलोना, बायर्न म्युनिख जस्ता टोलीको जिम्मेवारी सम्हालिसकेका प्रशिक्षक पेप गार्डियोलाका लागि भिल्ला विरुद्धको खेल अब प्रशिक्षक करियरकै खराब खेलको रुपमा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *