September 20, 2024

एजेन्सी – पूर्व इटालियन फुटबलर एलेक्स्यान्ड्रो डेल पिएरोले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सी मद्ये एकलाई मात्र सर्वोत्कृष्ट खेलाडी मान्न नमिल्ने बताएका छन्।

एक अन्तर्वार्ताका क्रममा मेस्सी र रोनाल्डो मध्ये कसलाई बहि उत्कृष्ट मान्नुहुन्छ भनेर प्रश्न गरिँदा पिएरोले दुई खेलाडी मद्ये एकलाई मात्र छनोट गर्न सम्भव नरहेको जवाफ दिएका हुन्।

मेस्सी र रोनाल्डो दुवैले लगातार १५ वर्ष शानदार र अविश्वसनीय तरीकाले फुटबलमा प्रभुत्व जमाएको पिएरोले बताए। मेस्सी र रोनाल्डोसंग पूर्ण रूपमा फरक गुणहरू रहेको र दुवै पूर्ण रूपमा फरक खेलाडी रहेको पिएरोको भनाई छ।

“मलाई लाग्दैन कि दुई मध्ये एकलाई छान्नु उचित हुन्छ किनभने यी दुईले गत १५ वर्षमा एक शानदार र अविश्वसनीय तरीकाले फुटबलमा पूर्ण रूपमा प्रभुत्व जमाएका छन्। यी दुवै पूर्ण रूपमा फरक गुणहरूका साथ एक अर्काबाट धेरै भिन्न छन्। त्यसैले दुई मध्ये एकलाई छान्न अनुचित हुन्छ। दुवै असली च्याम्पियनहरू हुन् र अद्भुत चीजहरू हासिल गरेका छन्।”,पिएरोले भने।

त्यसक्रममा पिएरोले मेस्सी र रोनाल्डोलाई एकै टोलीमा देख्ने आफ्नो चाहना रहेको बताउन पनि छुटाएनन्। उनले भने,”म मेस्सी र रोनाल्डोलाई एउटै टोलीमा देख्न चाहन्छु। त्यो रमाइलो हुनेछ। भविष्यको कामना यही हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *