September 20, 2024

एजेन्सी – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी सन् २०२६ को विश्वकपमा सहभागी हुन सक्ने दावी गरेका छन्। एक कुराकानीक क्रममा इन्फान्टिनोले मेस्सी सन् २०२६ को विश्वकपमा सहभागी हुन सक्ने बताएका हुन्।

डि स्पोर्ट्ससंगको कुराकानीका क्रममा इन्फान्टिनोले आफ्नो चाहना अनुसार मेस्सीले विश्वकपमा सहभागी हुन सक्ने बताए। इन्फान्टिनोका अनुसार मेस्सी सन् २०२६ मात्र नभई त्यसपछिको विश्वकपमा पनि सहभागी हुन सक्छन्।

“सन् २०२६ को विश्वकपमा मेस्सी सहभागी हुनेमा म ढुक्क छु। चाहेभने मेस्सी त्यसपछि अर्को २०३० को विश्वकप अनि २०३४ को विश्वकपमा पनि सहभागी हुन सक्छन्। मेस्सी चाहेसम्म विश्वकप खेलिरहन सक्छन्। हामी ३५ वर्षमा विश्वकप जितेका खेलाडीको कुरा गर्दैछौँ।”,इन्फान्टिनोले भने।

मेस्सीले यसअघि नै पाँचवटा विश्वकप खेलिसकेका छन्। सन् २००६ यता मेस्सीले लगातार सबै विश्वकपमा सहभागिता जनाएका छन्। तर विश्वकप उपाधि जित्न भने उनले सन् २०२२ सम्म कुर्नु पर्यो।

कतारमा सम्पन्न विश्वकपमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको उच्च प्रदर्शनमा अर्जेन्टिना विश्वविजेता बनेको थियो। मेस्सीले अर्जेन्टिनाका लागि १८० खेल खेलेका छन्। जसमा उनले १ सय ६ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *