September 20, 2024

एजेन्सी – उरुग्वेका भेट्रान फुटबलर लुइस सुआरेज ब्राजिलियन लिगमा सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। ब्राजिलियन क्लब ग्रेमियोका लागि निरन्तर उच्च प्रदर्शन गरेका सुआरेज लिगको उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

ग्रेमियोका लागि डेढ दर्जन गोल गरेका सुआरेजले बिहीबार गोल्डेन बल जिते। सिजनभर उनले ग्रेमियोका लागि कुल ३३ खेल खेले। जसमा उनले १७ गोल गरे भने ११ असिस्ट दिए।

उनकै उत्कृष्ट प्रदर्शनमा ग्रेमियो ब्राजिलियन लिगको उपविजेता बन्यो। पाल्मेरासले आफ्नो उपाधि रक्षा गर्दै बुधबार सिजन समाप्त भयो। पाल्मेरासले ७० अंक बनाएर सिजनको विजेता बन्दा ग्रेमियो ६८ अंक बनाएर उपविजेता बन्यो।

रियो दि जेनेरियोको माराकाना स्टेडियममा भएको खेलमा फ्लुमिनेन्सलाई ३-२ ले पराजित गर्दा सुआरेजले दुई गोल गरे। ब्राजिलियन लिगका सर्वाधिक गोलकर्ता एट्लेटिको मिनेइरोका फरवार्ड पाउलिन्होले २० गोल गरे।

ग्रेमियो जानु अगाडी सुआरेजले आफ्नो पूर्व क्लब नेसियोनलबाट फुटबल खेलेका थिए। त्यसभन्दा अगाडी उनी एट्लेटिको म्याड्रिडमा थिए। उनको सहयोगमा एट्लेटिको ला लिगा च्याम्पियन समेत बनेको थियो। एट्लेटिको जानु अगाडी उनी बार्सिलोनामा थिए। उनी लिभरपुलबाट बार्सिलोना पुगेका थिए। लिभरपुल जानु अगाडी उनी आयक्समा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *