September 20, 2024

एजेन्सी – लिभरपुलका स्टार मोहम्मद सलाहले दुर्लभ दोहोरो कोसेढुङ्गा पूरा गरेका छन्। शनिबार प्रिमियर लिगमा क्रिस्टल प्यालेस विरुद्धको खेलमा गोल गरेसंगै सलाहले दुर्लभ दोहोरो कोसेढुङ्गा पूरा गरेका हुन्।

लिभरपुलले प्यालेस विरुद्ध सानदार कम्ब्याक गर्दा सलाहले महत्वपूर्ण भूमिका निभाए। १-० ले पछि परिसकेको अवस्थामा सलाहले बराबरी गोल फर्काएका थिए।

खेलको ७६ औं मिनेटमा गोल गरेसंगै सलाहले दुई कोसेढुङ्गा पूरा गरे। प्यालेस विरुद्ध गरेको गोल लिभरपुलका लागि सलाहको २ सयौं गोल थियो। त्यस्तै प्रिमियर लिगमा पनि सलाहको १ सय ५० औं गोल पूरा भएको छ।

लिभरपुल र चेल्सी गरी दुई क्लबबाट सलाहले प्रिमियर लिगमा १ सय ५० गोल पूरा गरेका हुन्। सलाहले प्रिमियर लिगमा लिभरपुलबाट १ सय ४८ गोल गर्दा चेल्सीबाट २ गोल गरेका छन्।

सलाहले ३ सय २७ खेलमा २ सय गोल पूरा गर्दा २ सय १७ खेलमा १ सय ५० प्रिमियर लिग गोल पूरा गरे। सलाह लिभरपुलका लागि २०० गोल गर्ने पाँचौं खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *