September 20, 2024

एजेन्सी – केहि समय देखि प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनलले पराजय भोगेको छ। प्रिमियर लिगको जारी सिजनको १६ औं खेलमा आर्सनल पराजित हुन पुगेको हो।

शनिबार राति आर्सनल एस्टन भिल्लासंग स्तब्द हुन पुग्यो। भिल्लाले आर्सनललाई १-० को गोल अन्तरले पराजित गर्यो। खेलको सुरुवातमै गरेको गोलले भिल्लालाई विजयी गरायो।

खेलको सातौं मिनेटमा जोन म्याक्जिनले गोल गरेका थिए। उनले लियोन बेइलीको पासमा गोल गरेका हुन्। सो अग्रतालाई भिल्लाले अन्तिम सम्म जोगाउँदा आर्सनल हार्न पुग्यो।

यस जितसंगै भिल्ला प्रिमियर लिगको तेस्रो स्थानमा यथावत छ। भिल्लाले सिजनक १६ खेलमध्ये ११ खेलमा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ। भिल्लाको ३५ अंक छ। स्मरण रहोस् भिल्लाले पछिल्लो खेलमा म्यानचेस्टर सिटीलाई पनि पराजित गरेको थियो।

भिल्ला शिर्ष स्थानको लिभरपुल भन्दा दुई अंक र आर्सनल भन्दा मात्र एक अंकले पछाडी छ। भिल्लासंग पराजित भएपछि आर्सनल दोस्रो स्थानमा खुम्चिएको छ। आर्सनको ३६ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *