September 20, 2024

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को नराम्रो हार बेहोरेको छ। स्ना २०२३-२४ को सिजन सुरु भएयता खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको युनाइटेड शनिबार राति घरेलु मैदानमै पराजित हुन पुगेको हो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड बर्नमाउथसंग ३-० को हार बेहोर्न बाध्य भयो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा युनाइटेड घरेलु समर्थककै अगाडी पराजित भयो।

बर्नमाउथको जितमा डोमिनिक सोलाङ्कि, फिलिप बिलिङ र मार्कोस सेनेसीले गोल गरेका थिए। बर्नमाउथले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो।

खेलको पाँचै मिनेटमा डोमिनिक सोलाङ्किले लुइस कुकको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। ६८औं मिनेटमा मार्कस टाभेरनियरको क्रसमा हेडर मार्फत फिलिप बिलिङले दोस्रो गोल गरे।

त्यस्तै खेलको ७३औं मिनेटमा टाभेरनियरकै क्रसमा अर्को हेडर गोल गर्दै मार्कोस सेनेसीले तेस्रो गोल गरेसंगै युनाइटेडको हार पक्का भयो। युनाइटेड माथि जित निकालेसंगै बर्नमाउथ १३ औं स्थानमा उक्लिएको छ।

बर्नमाउथले प्रिमियर लिगका १६ खेल मध्ये ५ खेलमा जित निकाल्द ७ हार बेहोर्दै १९ अंक बनाएको छ। त्यस्तै युनाइटेड भने ९ जित र ७ हार सहित २७ अंक बनाएर लिगको छैठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *