September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको पद धरापमा परेको छ। निरन्तरको कम्जोर प्रदर्शन संगै युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको पद धरापमा परेको हो।

शनिबार राति युनाइटेडले घरेलु मैदानमै लज्जास्पद हार बेहोर्यो। प्रिमियर लिगको पछिल्लो खेलमा चेल्सीलाई पराजित गरेपनि युनाइटेडले शनिबार बर्नमाउथलाई पराजित गर्न सकेन।

युनाइटेड घरेलु मैदानमै ३-० को गोल अन्तरले पराजित भयो। प्रिमियर लिगको जारी सिजनमा यो युनाइटेडको सातौं हार थियो। प्रिमियर लिगमा युनाइटेडले १६ मद्ये ९ खेलमा मात्रै जित निकालेको छ।

सबै प्रतियोगिताको कुरा गर्ने हो भने युनाइटेडले २३ मद्ये ११ खेलमा हार बेहोरिसकेको छ। युनाइटेड च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।

युनाइटेड च्याम्पियन्स लिगको समूह ‘ए’मा छ। समूह चरणका ५ खेल मद्ये एक खेलमा मात्रै जित निकालेर युनाइटेड समूहको अन्तिम स्थानमा छ। युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगिसकेको छ।

युनाइटेडको कम्जोर लय कायमै रहे टेन ह्यागको पद धरापमा पर्ने पक्का छ। आउने समयमा युनाइटेड खेलमा फिर्ता भयो भने उनको जागिर जोगिन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *