September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड घाइते भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार हालाण्ड घाइते भएका हुन्।

हालाण्ड घाइते भएको खबर बाहिर आएपनि उनलाई के भएको हो भन्ने बारे भने कुनै जानकारी प्राप्त छैन। हालाण्डले आइतबारको खेल गुमाउने पक्का भएको बताइएको छ।

खबरका अनुसार हालाण्ड लुटन टाउनको सामना गर्ने सिटीको टोलीसंग यात्रा गरेका छैनन्। पछिल्लो समय लय भन्दा बाहिर रहेको सिटीलाई हालाण्ड घाइते हुनुले थप झड्का लाग्न सक्छ।

सिटी पछिल्ला केहि खेल देखि जित बिहिन छ। सिटीले प्रिमियर लिगका पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन। यस्तोमा हालाण्ड घाइते हुनु पक्कै राम्रो संकेत होइन।

हालाण्ड गत सिजन जस्तै यस सिजन पनि निरन्तर गोल गरिरहेका छन्। यस सिजन उनले प्रिमियर लिगका १५ खेलमा १४ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *