September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी लिग रेलिगेसन जोनको क्लबसंग पराजित भएको छ। चेल्सी आइतबार रेलिगेसन जोनको एभर्टनसंग पराजित हुन पुगेको हो।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सी २-०को गोल अन्तरले पराजित भयो। बलमा राम्रो नियन्त्रण राखेपनि चेल्सीले एभर्टनको डिफेन्स तोडेर गोल गर्न सकेन।

एभर्टनका लागि अब्दुलाये डुकोरे र लुइस डोबिनले गोल गरे। खेलमा भएका दुवै गोल दोस्रो हाफमा आएका थिए। खेलको ५४ औं मिनेटमा डुकोरेले अग्रता दिलाउँदा डोबिनले ९० मिनेट पछि थप भएको दोस्रो मिनेटमा गोल गरेका थिए।

चेल्सीलाई पराजित गरेसंगै एभर्टन रेलिगेसन जोनबाट एक स्थान माथि उक्लिएको छ। एभर्टनले यस सिजन १६ खेल मद्ये ७ खेलमा जित निकाल्दा ७ खेलमा हार बेहोरेको छ। प्रिमियर लिगको कारवाहीमा परेर १० अंक कटौती भएपछि एभर्टन रेलिगेसन जोनमा पुगेको थियो।

त्यस्तै चेल्सी भने प्रिमियर लिगको १२ औं स्थानमा झरेको छ। चेल्सीले सिजनका १६ खेल मध्ये ५ खेलमा जित निकालेको छ भने ७ खेलमा हार बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *