September 20, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिना छिट्टै कोपा अमेरिका उपाधि रक्षाको अभियानमा होमिँदैछ। प्रतियोगिता सुरु हुन अब ६-७ महिना मात्र बाँकि छ। अर्जेन्टिना पछिल्लो कोपा अमेरिकाको विजेता हो।

अर्जेन्टिनाले कोपा अमेरिका उपाधिको सफलता पूर्वक रक्षा गर्ने योजना बनाएको छ। तर अर्जेन्टिनाको प्रशिक्षक पद भने छिट्टै रिक्त हुने सम्भावना बढिरहेको छ।

विभिन्न खेल मिडियाहरुका अनुसार कोपा अमेरिका र विश्वकप उपाधि दिलाएका प्रशिक्षक लियोनेल स्कालोनीले अर्जेन्टिनाको राष्ट्रिय टोली छाड्न चाहेका छन्।

उनले आफू भन्दा राम्रो प्रशिक्षकको खोजि गर्नुपर्ने तर्फ अर्जेन्टिनी फुटबल संघको ध्यानाकर्षण गराइरहेको बताइन्छ। केहि समय अगाडी उनले सार्वजनिक रुपमै आफू राष्ट्रिय टोलीको प्रशिक्षक रहने-नरहने भन्ने बारे सोचिरहेको बताएका थिए।

“म यहाँ छु किनभने म अझै प्रशिक्षक हुँ, तर म अझै मेरो निर्णयको बारेमा सोचिरहेको छु। खेलाडीहरूले धेरै राम्रो गरिरहेका छन् र उनीहरूलाई आफ्नो स्तरमा सबै इच्छा र ऊर्जाको साथ प्रशिक्षक चाहिन्छ।”,उनले भनेका थिए।

स्कालोनीले छिट्टै एक निर्णयमा पुग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *