September 20, 2024

एजेन्सी – बार्सिलोनाका सुपरस्टार रोबर्ट लेवान्डोस्कीले अझै तीन चार वर्ष उच्च स्तरको फुटबल खेल्न आफ्नो योजना रहेको बताएका छन्। एक कुराकानीका क्रममा लेवान्डोस्कीले अझै तीन चार वर्ष उच्च स्तरमा फुटबल खेल्ने बताएका हुन्।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेपनि लेवान्डोस्कीले शारीरिक रूपमा आफू धेरै राम्रो महसुस गरिरहेको र अझै तीन वा चार वर्ष फुटबल खेल्न सक्छु जस्तो लागेको बताए।

“मैले पहिले नै के जितेको छु वा मैले पहिले नै गरेको छु भनेर सोच्दिन। म भित्र अझै पनि त्यो भावना र त्यो जोश छ। मलाई लाग्छ कि म अझै तीन वा चार वर्ष फुटबल खेल्न सक्छु, किनकि शारीरिक रूपमा म धेरै राम्रो महसुस गरिरहेको छु।”,लेवान्डोस्कीले भने।

कुराकानीका क्रममा लेवान्डोस्कीले फुटबल खेलाडीको रुपमा आफ्नो करियर सकिएपछि प्रशिक्षक भने नबन्ने बताए। सन्यास लिएपछि फुटबललाई धेरै मिस गर्ने भएपनि आफू प्रशिक्षक भने नबन्ने लेवान्डोस्कीको भनाई छ।

उनले भने,”मेरो करियर पछि फुटबल बिना बाँच्न गाह्रो हुनेछ। तर प्रशिक्षक बन्न…, मलाई थाहा छ यो धेरै गाह्रो काम हो। हुनसक्छ म यसलाई प्रयास गर्न सक्छु। तर अहिलेको लागि म आफूलाई प्रशिक्षकको रूपमा देख्दिन।”

लेवान्डोस्कीलाई आधुनिक युगका उत्कृष्ट स्ट्राइकरहरूमध्ये एक मानिन्छ। यो सिजन उनी खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। तर गत सिजन भने उनले धेरै राम्रो प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *