September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल नासरलाई महत्वपूर्ण सफलता नदिलाए सम्म सन्यास नलिने घोषणा गरेका छन्। एक कुराकानीका क्रममा रोनाल्डोले अल नासरलाई धेरै भन्दा धेरै उपाधि नदिलाए सम्म सन्यास नलिने घोषणा गरेका हुन्।

हालसालै पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा रोनाल्डोले अल नासरलाई पाँच उपाधि नदिलाए सम्म फुटबल नछाड्ने बताए। त्यसक्रममा उनले अल नासर र अल नासर समर्थकलाई कहिल्यै नबिर्सिने बताउन पनि छुटाएनन्।

“जबसम्म मैले अल-नासर क्लबसँग पाँच भन्दा बढी च्याम्पियनशिपहरू हासिल गर्दिन, तबसम्म म सन्यास लिन्न। यहाँ संसारका सबैभन्दा उत्कृष्ट फ्यान छन्। म बाँचुन्जेल कहिल्यै भुल्ने छैन।”,रोनाल्डोले भने।

रोनाल्डो सन् २०२२ को जनवरीमा अल नासर पुगेका हुन्। अल नासर पुगेदेखि नै रोनाल्डोले उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डोले अल नासरलाई एक उपाधि पनि दिलाइसकेका छन्।

अल नासरले सन् २०१८-१९ को सिजन पछि साउदी प्रो लिगको उपाधि जित्न सकेको छैन। अल नासर जारी सिजनमा साउदी प्रो लिगको उपाधि होडमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *