September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी यति बेला मोरक्कोमा छन्। मेस्सी सपरिवार छुट्टि मनाउन मोरक्को पुगेका हुन्। मेस्सी पत्नी एन्टोनेला रोकुज्जो र तीन छोरा सहित मोरक्को पुगेको बताइएको छ।

इन्टर मियामी एमएलएस कपको लागि प्लेअफमा स्थान बनाउन असफल भएदेखि मेस्सी खालि छन्। उनी क्लब स्तरमा फेब्रुअरी सम्म खालि रहनेछन्। बीचमा केहि मैत्रीपूर्ण खेल बाहेक मियामीसंग उनी खेल्ने छैनन्।

यस्तोमा मेस्सी घुमेर समय व्यतित गरिरहेका छन्। मोरक्कोमा छुट्टि मनाउनुको अलावा मेस्सी एक महत्वपूर्ण कार्यक्रममा पनि सहभागी हुनेछन्। मेस्सीलाई CAF अफ्रिकन फुटबलर अफ द इयरको अवार्ड कार्यक्रममा बोलाइएको छ।

कार्यक्रम माराकेचमा हुने तय गरिएको छ। अफ्रिकन फुटबलर अफ द इयर अवार्डका लागि मोहम्मद सलाह, भिक्टर ओसिमहेन र अचराफ हाकिमी प्रमुख दाबेदार रहेका छन्।

 

View this post on Instagram

 

A post shared by TFT MOROCCO 🇲🇦 (@tft_morocco)

Leave a Reply

Your email address will not be published. Required fields are marked *