September 20, 2024

एजेन्सी – साउदी क्लब अल इत्तिहादका स्टार करिम बेन्जेमाले आफ्नो ड्रिममा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई बाहिर राखेका छन्।

एक कुराकानीका क्रममा आफ्नो ड्रिम ११ बताउन आग्रह गरिँदा बेन्जेमाले मेस्सी र रोनाल्डोलाई बाहिर राखेका हुन्। मेस्सी र रोनाल्डो दुवै बेन्जेमाको ड्रिम ११ टोलीमा पर्न सकेनन्।

बेन्जेमाको ड्रिम ११ मा ब्राजिलियन रोनाल्डो र रोनाल्डिन्हो परे। उनले आफैंलाई पनि ड्रिम ११ मा राखेका छन्। त्यस्तै पल पोग्बा, जिनेदिन जिदान, क्लाउड मेकेले र मार्सेलोलाई बेन्जेमाले आफ्नो ड्रिम ११ मा राखे।

गोल रक्षकको रुपमा बेन्जेमाले म्यानुएल नेउरलाई आफ्नो ड्रिम ११ मा समावेश गरे। डिफेन्डरमा भने सर्जियो रामोस, ड्यानी अल्वेस, पेपे बेन्जेमाको ड्रिम ११ मा परे।

बेन्जेमाको ड्रिम ११

म्यानुएल नेउर, सर्जियो रामोस, ड्यानी अल्वेस, पेपे, पल पोग्बा, जिनेदिन जिदान, क्लाउड मेकेले, मार्सेलो, बेन्जेमा, रोनाल्डो र रोनाल्डिन्हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *