September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०२३ मा ५० गोलको आँकडा पार गरेका छन्। ३८ वर्षको उमेरमा पनि निरन्तर उच्च प्रदर्शन गर्दै आएका रोनाल्डोले सोमबार राति वर्षको ५० औं गोल गरेका हुन्।

साउदी किंग कपको क्वाटरफाइनलमा अल नासरले सोमबार राति अल शबाबको सामना गर्यो। सो खेलमा रोनाल्डोले पनि गोल गरे। रोनाल्डोले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए।

सन् २०२३ मा ५० गोलको आँकडा पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। सन् २०२३ मा प्रिमियर लिग क्लब एर्लिङ हालाण्डले मात्रै ५० गोल पूरा गरेका छन्। यससंगै रोनाल्डो र हालाण्ड वर्षको सर्वाधिक गोलकर्ता बनेका छन्।

यस मामलामा रोनाल्डो र हालाण्डलाई बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेन(पिएसजी)का किलियन एम्बाप्पेले पछ्याइरहेका छन्। केन र एम्बाप्पे दुवैले ४९ गोल गरेका छन्।

सन् २०२३-२४ को सिजन सुरु भएपछि मात्र रोनाल्डोले अल नासरका लागि २६ गोल गरिसकेका छन्। जसमध्ये १६ गोल साउदी प्रो लिगमा आएका छन्। रोनाल्डो साउदी प्रो लिगका शिर्ष गोलकर्ता हुन्।

साउदी किंग कपको क्वाटरफाइनलमा अल नासरले सोमबार राति सानदार जित दर्ता गर्यो। अल शबाबको घरेलु मैदानमा अल नासरले गोलवर्षा गर्दै जित निकालेको थियो।

खेलमा रोनाल्डोका अलावा सेको फोफाना, साडियो माने, अब्दुलरहमान घरीब र मोहमद मरारीले एक एक गोल गरे। अल शबाबका लागि कार्लोस र हटन बहेब्रीले एक एक गोल गरेका थिए।

अल शबाब माथि ५-२ को जित निकालेसंगै अल नासर अर्को उपाधि नजिक पुगेको छ। अल नासर किङ कप अफ च्याम्पियन्सको सेमिफाइनलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *