एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार विश्वविजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले टोलीका कप्तान लियोनेल मेस्सीसँग महत्त्वपूर्ण छलफल गर्ने भएका छन्।
अर्जेन्टिनाको टोलीमा केहि महत्वपूर्ण परिवर्तन गर्नको लागि लियोनेल स्कालोनीले टोलीका कप्तान लियोनेल मेस्सीसँग महत्त्वपूर्ण छलफल गर्ने भएको विभिन्न खेल मिडियाहरुको दावी छ।
स्कालोनीले राष्ट्रिय टोलीमा सम्भावित फेरबदलको योजना बनाएको र त्यस सम्बन्धमा मेस्सीसंग छलफल गर्न चाहेको बताइएको छ। आउने वर्ष हुने कोपा अमेरिकामा अर्जेन्टिनाले उपाधि रक्षा गर्दैछ।
त्यसको लागि स्कालोनी अहिले देखि नै तयारी गर्ने पक्षमा छन् र त्यसको लागि उनले टोलीका केहि खेलाडी कटौती गरेर नयाँ खेलाडीहरुलाई चान्स दिने योजना बनाएको बुझिएको छ।
यस्तोमा टोलीका सबै भन्दा उत्कृष्ट खेलाडी मेस्सीको राय लिने स्कालोनीको योजना छ। अर्जेन्टिनाले पछिल्लो समय कोपा अमेरिकाको उपाधि जितेको र ३० वर्षमा पहिलो पटक विश्वकप ट्रफी जित्ने सफलताको आनन्द उठाएको छ।
अर्जेन्टिना आगामी कोपा अमेरिकालाई ध्यानमा राख्दै छिट्टै तयारी सुरु गर्ने योजनामा छ। यस्तोमा स्कालोनीले टोलीमा केहि युवा खेलाडीहरुलाई स्थान दिन चाहेको सहजै बुझ्न सकिन्छ।