September 20, 2024

एजेन्सी – दुबई ग्लोब सकर अवार्डका लागि ११ खेलाडी बीच प्रतिष्पर्धा हुने भएको छ। सन् २०२३ को ग्लोब सकर अवार्डका लागि ११ खेलाडीहरु बीच प्रतिष्पर्धा हुने भएको हो।

ग्लोब सोकर अवार्डले सन् २०२३ को उत्कृष्ट वर्ष पुरुष खेलाडीका लागि मंगलबार मात्रै अन्तिम मनोनयन सार्वजनिक गरेको छ र सो मनोनयनमा ११ खेलाडी छन्।

मनोनयनमा ट्रेबल विनर प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका तीन खेलाडी परेका छन्। सिटीका एर्लिङ हालाण्ड, केभिन डे ब्रुएना र बर्नाडो सिभा ग्लोब अवार्डको सूचीमा अटाएका छन्।

त्यस्तै रियल म्याड्रिडबाट दुई खेलाडी मनोनित भएका छन् र ती हुन् – भिनिसियस जुनियर र जुड बेलिङ्घम। इन्टर मियामीक अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि मनोनयनको सूचीमा छन्।

अल इत्तिहादका करिम बेन्जेमा, पेरिस सेन्ट जर्मेन(पिएसजी)का किलियन एम्बाप्पे, लिभरपुलका मोहम्मद सलाह र नापोलीका भिक्टर ओसिमिन पनि उत्कृष्ट वर्ष खेलाडीका लागि मनोनित छन्।

यस पटक उत्कृष्ट ग्लोब सकर अवार्डका लागि हालाण्ड, एम्बाप्पे, मेस्सी र रोनाल्डो बीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। त्यस्तै नापोलीका ओसिमिन पनि यो दौडमा हुन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *