September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि च्याम्पियन्स लिगको जारी सिजन सकिएको छ। च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा पराजित भएसंगै युनाइटेडका लागि च्याम्पियन्स लिग यस सिजनका लागि सकिएको हो।

समूह चरणको अन्तिम खेलमा युनाइटेड मंगलबार राति जर्मन दिग्गज क्लब बायर्न म्युनिखसंग पराजित भयो। युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै बायर्नसंग १-० को गोल अन्तरले पराजित भयो।

युनाइटेड विरुद्धको खेलमा बायर्नले बलमा राम्रो नियन्त्रण राखेर आक्रमण गरेको थियो। बलमा बायर्नको ६० प्रतिशत नियन्त्रण थियो। बायर्नले खेलभर १० प्रहार गरेको थियो। जसमद्ये ३ प्रहार टार्गेटमा थियो भने एक प्रहार गोलमा परिणत भयो।

यस हारसंगै युनाइटेड समूहको अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। यस सिजन युनाइटेडले च्याम्पियन्स लिगमा एक खेलमा भन्दा जित्न सकेन।

युनाइटेड समूह चरणका ६ खेल मद्ये ४ खेलमा पराजित हुँदा एक खेलमा बराबरी खेलेको थियो। उता बायर्न भने च्याम्पियन्स लिगमा अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *