एजेन्सी – म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएनाले आफू अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भन्दा पनि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसंग खेल्न इच्छुक रहेको बताएका छन्।
एक कुराकानीका क्रममा केभिन डे ब्रुएनाले आफू मेस्सी भन्दा पनि रोनाल्डोसंग खेल्न इच्छुक रहेको बताएका हुन्। रोनाल्डो स्ट्राइकर भएका कारण आफू उनीसंग खेल्न बढी इच्छुक रहेको उनको भनाई छ।
एक अन्तर्वार्ताका क्रममा ब्रुएनालाई मेस्सी र रोनाल्डो मध्ये कोसंग खेल्न चाहनु हुन्छ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा उनले रोनाल्डोको नाम मात्र लिएनन्, त्यसको कारण पनि खुलाए।
उनका अनुसार मेस्सी प्लेमेकर हुन्। आफू पनि प्लेमेकर रहेका कारण आफू मेस्सी भन्दा पनि रोनाल्डोसंग खेल्न बढी इच्छुक हुने ब्रुएनाले स्पष्ट रुपमा बताए।
“म सायद रोनाल्डोलाई रोज्छु किनभने उनी एक स्ट्राइकर हुन्। मेस्सी अझै पनि एक प्लेमेकर हुन्। म एक प्लेमेकर हुँ, त्यसैले तपाईले मलाई स्ट्राइकर दिन सक्नुहुन्छ।”,उनले भने।