एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि यो सिजन सुखद गइरहेको छैन। युनाइटेड एक पछि अर्को गर्दै निरन्तर खेलहरु हारिरहेको छ।
च्याम्पियन्स लिगमा निरन्तर कम्जोर प्रदर्शन गरेसंगै युनाइटेड प्रतियोगिताबाट बाहिरिसकेको छ। बुधबार राति मात्र युनाइटेड बायर्न म्युनिखसंग पराजित भएको थियो।
बायर्नसंग हार्दै च्याम्पियन्स लिगबाट बाहिरिएको पिडा भुल्न नपाउँदै युनाइटेडका लागि अर्को कठिन खेल कुरेर बसिरहेको छ। युनाइटेडले यहि आइतबार चिर परिचित प्रतिद्वन्दी लिभरपुलको सामना गर्नुपर्नेछ।
अझ रोचक कुरा के छ भने सो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। सबैलाई स्मरण नै छ – गत सिजन युनाइटेडले एनफिल्डमा ७-० को गोल अन्तरले पराजित भएको।
लिभरपुल गत सिजन जस्तो कम्जोर छैन। यस सिजन लिभरपुल निरन्तर उच्च प्रदर्शन गरिरहेको छ। यस सिजन उसले सिजनका १६ खेल मद्ये ११ खेलमा जित निकाल्दा मात्र एक खेलमा हार बेहोरेको छ।
लिभरपुल युनाइटेड भन्दा ठ्याक्कै १० अंकले अगाडी छ। युनाइटेड लिगको छैठौं स्थानम रहँदा लिभरपुल भने लिगको शिर्ष स्थानमा रहेको छ।