September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले कतार विश्वकपमा लगाएका जर्सीहरु धेरै उच्च मूल्यमा बिक्री भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार सन् २०२२ को विश्वकपमा मेस्सीले लगाएका जर्सीहरु हालसालै उच्च मूल्यमा बिक्री भएका हुन्।

मेस्सीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा उच्च मूल्यमा बिक्री भएको बताइएको छ। खबरका अनुसार जर्सीहरु ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भए।

कतार विश्वकपमा मेस्सीले समूह चरण देखि फाइनल सम्म ७ खेल खेलेका थिए। तर समूह चरणका दुई खेलका मात्र जर्सी लिलामीमा राखिएको थियो।

एक जर्सी भने मेस्सीले अष्ट्रेलियाका क्यामी डेभलिनसंग साटेका थिए। समूह चरणका दुई, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल गरी ६ खेलमा मेस्सीले लगाएको जर्सी लिलामीबाट प्राप्त रकम दान गरिनेछ।

लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *