एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पुनः नयाँ रेकर्ड बनाएका छन्। रोनाल्डोले चर्चित सर्च इन्जिन गोगलमा सबै भन्दा बहि खोजिने मामलामा नयाँ रेकर्ड बनाएका हुन्।
रोनाल्डो गुगलको पछिल्लो २५ वर्षमा सबै भन्दा बढी खोजिएका खेलाडी बनेका छन्। गुगलका अनुसार रोनाल्डो गुगल सुरु भएपछि सबै भन्दा बहि खोजि भएका खेलाडी हुन्।
सबै भन्दा बढी खोजिएको खेलाडी घोषित भएपछि रोनाल्डोले खुशी व्यक्त गरेका छन्। ३८ वर्षको उमेरमा पनि तहल्का मच्चाइरहेका रोनाल्डोले सामाजिक संजाल मार्फत आभार व्यक्त गरेका छन्।
“सबैभन्दा धेरै खोजिएको एथलीटको रूपमा सम्मानित भएकोमा आभारी छु।”,गुगल मस्त सर्च्ड खेलाडी घोषित भएपछि रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।
३९ वर्ष नजिक पुग्दा पनि रोनाल्डोले रोकिने कुनै संकेत देखाएका छैनन्। रोनाल्डो यस उमेरमा पनि निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। केहि समय अगाडी मात्रै रोनाल्डोले सन् २०२३ को ५० औं गोल पूरा गरेका थिए।
Grateful to be honored as the most searched athlete in @google history. Check out the film at https://t.co/0PjDiMYV3I. 🎯 #YearInSearch pic.twitter.com/uV65FyQ9XE
— Cristiano Ronaldo (@Cristiano) December 17, 2023