September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर माटेओ कोभासिचले धेरै नै दुर्लभ रेकर्ड बनाउने अवसर पाएका छन्। यसै समर ट्रान्सफर विन्डोमा चेल्सीबाट सिटी पुगेका कोभासिचले क्लब विश्वकपमा दुर्लभ रेकर्ड बनाउने अवसर प्राप्त गर्ने भएका हुन्।

गत सिजनको ट्रेबल विनर म्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनल प्रवेश गरिसकेको छ। फाइनलमा प्रवेश गरेसंगै सिरीले पहिलो पटक क्लब विश्वकप जित्ने अवसर प्राप्त गरेको छ।

सिटी क्लब विश्वकप विजेता बनेको खण्डमा कोभासिचले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्तर लियोनेल मेस्सी जस्ता महान हस्तीले समेत बनाउन नसकेको रेकर्ड बनाउन सक्नेछन्।

सिटी क्लब विश्वकप विजेता बन्दा कोभासिच तीन भिन्न क्लबबाट क्लब विश्वकप जित्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन्। यस अगाडी उनले रियल म्याड्रिड र चेल्सीबाट क्लब विश्वकप जितिसकेका छन्।

कोभासिचले रियल म्याड्रिडबाट सन् २०१६ र २०१७ को सिजनमा क्लब विश्वकप जितेका थिए। त्यस्तै चेल्सीसंग उनले सन् २०२१ मा क्लब विश्वकप जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *