एजेन्सी – गत सिजनको ट्रेबल विनर म्यानचेस्टर सिटीले क्लब विश्वकप जितेको छ। शुक्रबार राति फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेसेलाई पराजित गर्दै सिटी क्लब विश्वकप विजेता बन्यो।
साउदी अरेबियामा भएको फाइनल खेलमा सिटीले फ्लुमिनेसेलाई ४-० को गोल अन्तरले पराजित गर्यो। सिटीको जितमा दुई खेलाडीले गोल गर्दै एक गोल भने उपहारमा पाएको थियो।
सिटीका लागि अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे। फ्लुमिनेसेका निनोले आत्मघाती गोल गरेका थिए। खेलको पहिलो मिनेटमै अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
खेलको २७ औं मिनेटमा निनोको आत्मघाती गोलबाट सिटीको अग्रता दोब्बर भयो। त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। दोस्रो हाफको ७२ औँ मिनेटमा फिल फोडेनको टोलीका लागि तेस्रो गोल गरे।
खेलको ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सिटीको जित पक्का गरे। यससंगै म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि क्लब विश्वकपको उपाधि जित्ने सिटी चौथो प्रिमियर लिग टोली बनेको छ।