September 20, 2024

एजेन्सी – शुक्रबार राति प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकपको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेसेको सामना गर्यो। फ्लुमिनेसेलाई सहजै पराजित गर्दै सिटी पहिलो पटक क्लब विश्वकप जित्न सफल भयो।

सिटीको जितमा अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले महत्वपूर्ण भूमिका निभाए। उनले सिटीका लागि दुई गोल गरे। उनले खेलको पहिलो मिनेट र ८८ औं मिनेटमा गोल गरेका थिए।

पहिलो गोल अल्भारेजले खेल सुरु भएको ४० सेकेण्डमै गर्न सफल भएका थिए। नाथन एकेले टाढाबाट गरेको प्रहारलाई फ्लुमिनेसेका गोलरक्षकले रोकेपछि बललाई अल्भारेजले छाती प्रयोग गरेर गोलमा परिणत गरेका थिए।

सो गोलसंगै अल्भारेजले नयाँ रेकर्ड बनाए। अल्भारेजको सो गोल क्लब विश्वकपको इतिहासकै सबै भन्दा छिटो थियो। अल्भारेज क्लब विश्वकपमा सबै भन्दा छिटो गोल गर्ने खेलाडी बने।

यस भन्दा अगाडी क्लब विश्वकपमा सबै भन्दा छिटो गोल गर्ने खेलाडीको रेकर्ड ब्राजिलियन डिफेन्डर डान्टेको नाममा थियो। उनले कासाब्लान्का विरुद्ध २०१३ को फाइनलमा बायर्न म्युनिखका लागि मात्र ६ मिनेट २१ सेकेण्डमा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *