September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफूहरु थप भोको रहेको बताएका छन्। साउदी प्रो लिगको १७ औं खेलमा जित निकालेपछि रोनाल्डोले आफूहरु थप भोको रहेको बताएका हुन्।

साउदी प्रो लिगको जारी सिजनको १७ औं खेलमा अल नासरले शुक्रबार राति अल इत्तिफाकलाई पराजित गर्यो। घरेलु मैदानमा अल नासरले बलमा राम्रो नियन्त्रण राख्दै ३-१ को जित दर्ता गर्दा रोनाल्डोले पनि गोल गरे।

रोनाल्डोले खेलको ७३ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए। अल इत्तिफाक विरुद्ध जित निकालेसंगै अल नासरले शिर्ष स्थानको अल हिलालसंगको अंक दूरी १० मा छोट्याएको छ।

खेल जितेपछि रोनाल्डोले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेका छन्। अल नासरले लगातार तेस्रो खेलमा जित निकाल्दा रोनाल्डो थप प्रेरित देखिएका छन् र उनले आफूहरु थप भोकाएको प्रतिक्रिया दिएका छन्।

“लगातार तेस्रो जित ! हामी थप भोकाएका छौं, अल नासर जारी राखौं!”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्। रोनाल्डो अल नासरका लागि निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *