September 20, 2024

एजेन्सी – आगामी सन् २०२४ मा कोपा अमेरिका प्रतियोगिता हुँदैछ। अमेरिकामा हुने प्रतियोगिताको ड्र पनि सार्वजनिक भइसकेको छ। कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिना समूह ‘ए’मा रहेको छ।

अर्जेन्टिनाले समूहका प्रतिष्पर्धीको रुपमा पेरु, चिलीलाई पाएको छ। त्यस्तै चौंथो टोली क्यानाडा र त्रिनिडाड एण्ड टोबागो मद्ये एक हुने तय भएको छ।समूह ‘बि’मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका परेका छन्। त्यस्तै समूह ‘सी’मा संयुक्त राज्य अमेरिका, उरुग्वे, पानामा र बोलिभिया परेका छन्।

ब्राजिल समूह ‘डी’मा रहेको छ। ब्राजिलले समूह प्रतिष्पर्धीको रुपमा कोलम्बिया र पाराग्वे पाएको छ। त्यस्तै कोस्टारिका वा होन्डुरस मद्ये एक टोली पनि समूह ‘डी’मै हुनेछ।

प्रतियोगिताको ड्र सार्वजनिक भइसकेको अवस्थामा यति बेला एक सुपरकम्प्युटरको भविष्यवाणी बाहिरिएको छ। एक सुपरकम्प्युटरका अनुसार यस पटकको कोपा अमेरिका उपाधि अर्जेन्टिनाले जित्न सक्ने छैन।

यस पटक ब्राजिल र अर्जेन्टिना दुवै भन्दा तेस्रो टोलीले जित्ने सम्भावना बढी रहेको एक सुपरकम्प्युटरको अनुमान छ। सुपरकम्प्युटरको भविश्यवाणी अनुसार यस पटक कोपा अमेरिका जित्ने सबै भन्दा बढी सम्भावना उरुग्वेको छ।

कोपा जित्ने सम्भावना उरुग्वेको ३६ प्रतिशत, अर्जेन्टिनाको २४ प्रतिशत र ब्राजिलको २३ प्रतिशत सम्भावना रहेको सो सुपरकम्प्युटरको भविश्यवाणी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *