September 20, 2024

एजेन्सी – मार्सेलो भिएराका कान्छो छोरा लियाम अल्भेस पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका ठूला फ्यान हुन्। आफ्ना पिता मार्सेलो संगै लामो समय खेलेका रोनाल्डोलाई लियाम धेरै मन पराउँछन्।

हालसालै लियामले रोनाल्डोको अटोग्राफ भएको जर्सी प्राप्त गरे। गत सिजन साउदी अरेबिया पुगेका रोनाल्डोको अटोग्राफ सहितको जर्सी पाउँदा लियाम धेरै देखिए।

लियामले रोनाल्डोको जर्सी प्राप्त गर्दाको खुशी सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्। तस्विर सार्वजनिक गर्दै उनले आफू रोनाल्डोको ठूलो फ्यान रहेको उल्लेख गरेका छन्।

“तपाईलाई धेरै धेरै धन्यवाद क्रिस। म तपाईलाई धेरै माया गर्छु। पाईं मेरो आइडल हुनुहुन्छ”,मार्सेलोका छोराले सामाजिक संजालमा लेखेका छन्।

मार्सेलो र रोनाल्डोले रियल म्याड्रिडमा करिब नौ वर्ष सँगै बिताएका थिए। ब्राजिलियन लेफ्ट-ब्याकले पोर्चुगिज विङ्गरसँग मिलेर काम गर्दा दुवैले बायाँ पङ्क्तिमा विपक्षीहरूलाई पीडा दिए।

दुई बीच कुल ३ सय ३२ खेलमा साझेदारी भएको थियो। दुईले कुल ३३ गोलमा साझेदारी गरेका थिए। जसमद्ये २५ गोल रोनाल्डोले गरेका थिए भने ८ गोल मार्सेलोले गरेका थिए।

 

View this post on Instagram

 

A post shared by Liam Alves (@liamalvesv)

Leave a Reply

Your email address will not be published. Required fields are marked *