December 23, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डका लागि सन् २०२३ उत्कृष्ट रह्यो। म्यानचेस्टर सिटीको युरोपेली सफलताको खोजमा हालाण्ड एक महत्वपूर्ण खेलाडी सावित भए।

बालोन डी’ओरमा लियोनेल मेस्सी भन्दा पछि परेपनि हालाण्डले वर्षभर निरन्तर उच्च प्रदर्शन गरे। हालाण्डले सन् २०२३ भर कुल ५० गोल गरे। जसका कारण उनले पछिल्लो समय एक अवार्ड पनि जिते।

हालाण्डले केहि दिन अगाडी मात्रै आइएफएफएचएस उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्। १ सय २० देशका फुटबल विश्लेषक र पत्रकारहरु को निर्णायक प्यानलले हालाण्डलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरे।

हालाण्डले सिटीबाट सन् २०२३ मा धेरै उपाधि जिते। जसमा प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग, UEFA सुपर कप जस्ता उपाधि छन्। व्यक्तिगत र टोलीको उपलब्धिको आधारमा आइएफएफएचएसले उनलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा गरेको बताइएको छ।

आइएफएफएचएसको अवार्ड जित्दा उनले मेस्सी र किलियन एम्बाप्पेलाई धेरै अंकले पछि पारे। सो अवार्डका लागि उनले २ सय ८ अंक प्राप्त गरेका थिए।

जबकी मेस्सीले ८५ अंक र एम्बाप्पेले १ सय ५ अंक प्राप्त गरे। यसअघिका दुई विजेता लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *