September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी सन् २०२३ को सर्वाधिक खोजि भएका फुटबल खेलाडी बनेका छन्। मेस्सी सन् २०२३ को गुगलमा सबैभन्दा धेरै खोजिएका फुटबल खेलाडी बनेका हुन्।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई सन् २०२३ मा गुगलमा मासिक एक करोड ८४ लाख हजार पटक खोजिएको थियो। गुगलमा खोजि हुने मामलामा मेस्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा पछि पारे।

सबै भन्दा बढी खोजि भएका खेलाडीको सूचको दोस्रो स्थानमा रोनाल्डो रहेका छन्। रोनाल्डोलाई मासिक औसत एक करोड ५२ लाख पटक खोजिएको बताइएको छ।

मेस्सी अहिले अमेरिकी क्लब इन्टर मियामी र रोनाल्डो साउदी क्लब अल नासरबाट फुटबल खेलिरहेका छन्। यस मामलामा पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पे तेस्रो स्थानमा छन्।

उनलाई वर्ष २०२३ मा मासिक औषत एक करोड २५ लाख हजार पटक गुगलमा खोजिएको थियो। सन् २०२३ मा म्यानचेस्टर सिटीका एर्लिङ हालाण्डलाई १ करोड १७ लाख पटक खोजिएको थियो।

त्यस्तै सबै भन्दा बढी खोजि भएका फुटबलरको सूचीको पाँचौ स्थानमा साउदी क्लब अल हिलालका ब्राजिलियन स्टार नेयमार रहे। उनलाई मासिक औसत १ करोड ८ लाख पटक खोजिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *