September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले चिर परिचित प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोको सामना गर्न आफू आतुर रहेको संकेत गरेका छन्। एक सामाजिक संजाल पोस्ट मार्फत मेस्सीले रोनाल्डोको सामना गर्न आफू आतुर रहेको संकेत गरेका हुन्।

बुधबार राति मेस्सीले साउदी क्लब अल नासर र अल हिलालको सामना गर्नु अगाडी साउदीमा खेल्न आफू आतुर रहेको सामाजिक संजालमा उल्लेख गरेका छन्।

“म मेरो टोली इन्टर मियामी एफसी रियाद सिजन कपको हिस्सा बन्न आतुर छ। हामीले ऐतिहासिक च्याम्पियनशिपमा शीर्ष साउदी क्लबहरूसँग सामना गर्दैछौँ।”,मेस्सीले सामाजिक संजालमा लेखेका छन्।

रियाद सिजन कप सन् २०१९ देखि साउदीले निरन्तर आयोजना गर्दै आएको छ। जसमा साउदीले फुटबल र बक्सिङ लगायतका खेलहरूको विस्तृत श्रृंखला आयोजना गर्ने गरेको छ।

बार्सिलोना र रियल म्याड्रिडमा हुँदा मेस्सी र रोनाल्डो धेरै पटक आमने-सामने भएका थिए। तर पछिल्लो समय मेस्सी अमेरिकामा छन् भने रोनाल्डो साउदीमा छन्।

जसकारण मेस्सी र रोनाल्डो आमने-सामने हुन कठिन भएको छ। तर साउदीले मेस्सी र रोनाल्डोलाई एक पटक पुनः आमने-सामने हुने मौका मिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *