September 20, 2024

एजेन्सी – ब्राजिलका नवनियुक्त प्रशिक्षक डोरिभल जुनियरले अल हिलाल स्टार नेयमार बिना नै खेल्न ब्राजिलले सक्नु पर्ने बताएका छन्। केहि समय अगाडी मात्रै ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका डोरिभलले ब्राजिलले नेयमार बिना नै खेल्न सक्नु पर्ने बताएका हुन्।

एक कुराकानीका क्रममा उनले नेयमार विश्वकै उत्कृष्ट तीन खेलाडीमा पर्ने बताउन छुटाएनन्। नेयमार विश्वकै उत्कृष्ट खेलाडी मद्येमा पर्ने भएपनि ब्राजिलले उनी बिना खेल्न सक्नु पर्ने डोरिभलको भनाई छ।

“ब्राजिलले नेइमारबिना नै खेल्न सक्नुपर्छ । नेयमार अहिले चोटका कारण मैदानबाट बाहिर छन् । तर, हाम्रो टिममा विश्वकै उत्कृष्ट तीन खेलाडीमध्येका एक छन्। म यहाँ विश्वकै सबैभन्दा सफल टिमको जिम्मेवारी सम्हाल्न आएको छु । एउटा त्यस्तो टिम जसले विश्वलाई नै प्रभावित बनाएको छ ।”,डोरिभलले भने।

ब्राजिलको प्रशिक्षकमा कार्लो एन्सेलोट्टी नियुक्त हुने चर्चा थियो। तर उनले रियल म्याड्रिडसंगको सम्झौता थप गरेसंगै ब्राजिलले डोरिभललाई प्रशिक्षकमा नियुक्त गरेको हो।

ब्राजिल पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल अहिले छैठौं स्थानमा छ। ब्राजिलले ६ मध्ये मात्र २ खेलमा जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *