September 20, 2024

एजेन्सी – एएफसी एसियन कप फुटबल प्रतियोगितामा भारतले खराब सुरुवात गरेको छ। शुक्रबारबाट सुरु भएको प्रतियोगितामा भारतले खबार सुरुवात गरेको हो।

भारतले प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियाको सामना गर्यो। भारतलाई अष्ट्रेलियाले २-० को नमिठो हार चखायो। बिन अली रंगशालामा भएको खेलमा अष्ट्रेलियाले बलमा राम्रो नियन्त्रण राख्दै जित निकाल्यो।

खेलभर बलमा अष्ट्रेलियाले कुल ७१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अष्ट्रेलियाले कुल २८ प्रहार गरेको थियो। जसमद्ये ६ प्रहार टार्गेटमा थिए भने दुई प्रहार गोलमा परिणत भए।

अष्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। ज्याक्सन इर्भिन र जोर्डन बोसले एक-एक गोल क्रमशः ५० औं र ७३ आउँ मिनेटमा गरेका थिए। भारतले भने खेलभर ४ प्रहार गरेको थियो। त्यसमद्ये मात्र एक प्रहार टार्गेटमा थियो।

उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३–० ले पराजित गरेको थियो। जीतसँगै समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले ३ अंक जोडेको छ। भारत र अष्ट्रेलियाको समूहमा उज्वेकिस्तान र सिरिया छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *