September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले रोमान्चक जित निकालेको छ। शनिबार राति सिटीले न्यू क्यासल माथि रोमान्चक जित निकालेको हो।

सिटीले न्यूक्यासल युनाइटेडलाई उसकै घरेलु मैदानमा ३-२ को गोल अन्तरले पराजित गर्यो। पहिलो हाफमा २-१ को गोल अन्तरले पछि परेपछि सिटीले दोस्रो हाफमा सानदार कम्ब्याक गर्यो।

खेलको २६ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर त्यसको १० मिनेट आसपास सिटीले दुई गोल बेहोर्यो। न्यूक्यासलका लागि ३५ औं मिनेटमा अलेक्जान्डर इसकले गोल गर्दा ३७ औं मिनेटमा एन्थोनी गोर्डनले एक गोल थपे।

खेलको ६९ औं मिनेटमा केभिन डी ब्रुएना मैदान प्रवेश गरेपछि खेलले अर्को मोड लियो। खलेको ७४ औं मिनेटमा ब्रुएनाले बराबरी गोल फर्काए। डी ब्रुएनाकै पासमा सिटीले इन्ज्युरी समयमा निर्णायक गोल गर्यो।

ब्रुएनाको असिस्टमा निर्धारित ९० मिनेट पश्चात थप भएको पहिलो मिनेटमा ओस्कार बोबले गोल गरेका थिए। यस जितसंगै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

सिटीले कुल २० खेलबाट ४३ अंक जोडेको छ। सिटी शिर्ष स्थानको लिभरपुल भन्दा मात्र २ अंकले पछि रहेको छ। यस्तै पराजित न्यूलिग क्यासल भने लिगको १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *