September 20, 2024

एजेन्सी – लिभरपुलका कप्तान भर्जिल भान डाइकले बालोन डी’ओर दौडमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी जस्तो खेलाडीसंग पराजित हुनु लाजमर्दो कुरा नभएको बताएका छन्।

एक कुराकानीका क्रममा भान डाइकले बालोन डी’ओर दौडमा लियोनल मेस्सीसंग हार्नुले आफूलाई अलिकति पनि लज्जित नबनाएको बताएका हुन्। भान डाइक सन् सन् २०१९ को बालोन डी’ओर दौडमा लियोनल मेस्सी भन्दा पछि परेका थिए।

३२ वर्षीय भान डाइक जनवरी २०१८ मा आएदेखि रेड्सका लागि एक प्रमुख खेलाडीका रूपमा स्थापित भएका छन्। सबै प्रतियोगिताहरूमा उनले लिभरपुलका लागि २ सय ४५ उपस्थिति जनाएका छन्।

यस बीचमा उनले २० गोल गरेका छन् भने १४ असिस्ट योगदान गरेका छन्। सेन्टर ब्याकले २०१९ मा रेड्सको UEFA च्याम्पियन्स लिगको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यस वर्षको बालोन डी’ओर दौडमा उनी मेस्सीसंग पराजित भएका थिए। उनी मात्र सात भोटले बालोन डी’ओर उपाधि जित्नबाट चुके थिए। फ्रान्स फुटबलसँगको एक विशेष अन्तर्वार्तामा उनले बालोन डी’ओरमा मेस्सी भन्दा पछि परेको बारे चर्चा गरे।

“स्पष्ट रूपमा भन्नुपर्दा, लियोनेल मेस्सीसँग हार्नु खराब चीज होइन। जितेको भए राम्रै हुन्थ्यो। तर इतिहाँसकै उत्कृष्ट खेलाडी भन्दा पछि पर्नुलाई नराम्रो मान्न मिल्दैन। उत्कृष्ट खेलाडीहरुसंग एक डिफेन्डरको रुपमा उपाधिका लागि उभिन पाउनु नै ठूलो कुरा थियो।”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *