September 20, 2024

एजेन्सी – आइतबार राति स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोना र रियल म्याड्रिड आमने-सामने भए। गत सिजनको सुपर कप विजेता बार्सिलोनालाई रियल म्याड्रिडले सहजै पराजित गर्यो।

बार्सिलोनालाई रियलले ४-१ को गोल अन्तरले पराजित गर्दा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरले महत्वपूर्ण भूमिका निभाए। उनले बार्सिलोना विरुद्ध ३९ मिनेटमै ह्याट्रिक पूरा गरे।

खेलको सातौं मिनेटमा नै भिनिसियसले रियललाई पहिलो सफलता दिलाएका थिए। जुड बेलिङहमले मैदानको मध्यभागबाट दिएको चलाखीपूर्ण पासलाई भिनिसियसले गोलमा परिणत गरेका थिए।

बार्सिलोना विरुद्ध पहिलो गोल गरेपछि भिनिसियसले रियलका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको चर्चित सेलेब्रेसन’सिउउ’ मार्फत गोलको खुशियाली मनाए।

त्यसको तीन मिनेट लगतै रियलका लागि दोस्रो गोल गरे। उनले सो गोल रोड्रिगोको पासमा गर्न सफल भएका थिए। उनले तेस्रो गोल भने पेनाल्टीमा गरे।


ड्यानी कार्भाहलको क्रसलाई नियन्त्रणमा लिने क्रममा रोनाल्ड एराउजोले पेनाल्टी बक्समा भिनिसियसलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई भिनिसियसले खेर जान दिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *