September 20, 2024

एजेन्सी – अर्जेन्टिना कप्तान लियोनल मेस्सीले फिफा द बेस्ट २०२३ अवार्ड जितेका छन्। म्यानचेस्टर सिटीका एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले फिफा द बेस्ट अवार्ड जितेका हुन्।

मेस्सी र हालाण्डले बराबर मत प्राप्त गरेपनि मेस्सीलाई फिफा द बेस्ट २०२३ अवार्ड प्रदान गरियो। राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गर्ने गरिन्छ।

मेस्सी र हालाण्ड दुवैले समान ४८ अंक प्राप्त गरे। तर अवार्ड भने मेस्सीको पोल्टामा गयो। समान अंक हुँदा पनि अवार्ड किन मेस्सीले जिते भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ। त्यसबारे यहाँ केहि चर्चा हुँदैछ।

किन मेस्सीले जिते अवार्ड ?

फुटबलको सर्वोच्च संस्था फिफाको नियमका कारण समान अंक भएपनि अवार्ड मेस्सीले जितेका हुन्। राष्ट्रिय टोलीका बढी कप्तानहरूले म्यानचेस्टर सिटीका स्ट्राइकरलाई भन्दा मेस्सीलाई भोट गरेका कारण मेस्सीले अवार्ड जित्न सकेका हुन्।

हालाण्डले राष्ट्रिय टोलीका प्रशिक्षक र मिडियाबाट धेरै भोट पाए तर मेस्सीले कप्तान र फ्यानबाट बढी भोट पाए। फिफाको नियम अनुसार प्रत्येक अवार्डको लागि टाइब्रेकर वर्गमा निर्भर गर्दछ।

“पहिलो स्थानको लागि टाई भएमा… खेलाडी, प्रशिक्षक वा गोलकिपरले प्रति धारा १० (अर्थात् पुरुष खेलाडीहरूको लागि, पुरुष राष्ट्रिय टोलीका कप्तानहरूको भोट; पुरुष प्रशिक्षकहरूको लागि, पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकहरूको भोट; पुरुष गोलकिपरहरूको लागि, पुरुष राष्ट्रिय टोलीका कप्तानहरूको भोट; महिला खेलाडीहरूको लागि, महिला राष्ट्रिय-टिमको मतहरू कप्तानहरू; महिला प्रशिक्षकहरूका लागि, महिला राष्ट्रिय टोलीका प्रशिक्षकहरूको भोट; र महिला गोलकिपरहरूका लागि, महिला राष्ट्रिय टोलीका कप्तानहरूको भोटहरू) प्रासंगिक पुरस्कारको विजेता हुनेछन्।”,फिफाको नियममा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *