September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब टोटनह्यामका दक्षिण कोरियाली स्टार सन ह्युङ-मिन सन् २०२३ को उत्कृष्ट एसियाली खेलाडी घोषित भएका छन्। दक्षिण कोरिया र टोटनह्यामका लागि उच्च प्रदर्शन गर्दै आएका सन सन् २०२३ को उत्कृष्ट एसियाली खेलाडी घोषित भएका हुन्।

वर्षको उत्कृष्ट एसियाली खेलाडीको अवार्ड जित्नेक्रममा सनले दक्षिण कोरियाकै किम मिन-जेइलाई र अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारे।

३१ वर्षिय सनले २२ दशमलभ ९ प्रतिशत मत प्राप्त गर्दा किम मिन-जेइले १९ दशमलभ ५ प्रतिशत मत प्राप्त गरे। त्यस्तै रोनाल्डोले भने १७ प्रतिशत मत प्राप्त गरे।

सन दक्षिण कोरियाका स्टार हुन् भने अहिले उनी टोटनह्यामका कप्तान समेत हुन्। सनले आफ्नो करियरमा यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेको नवौं पटक हो।

उत्कृष्ट एसियाली खेलाडीको अवार्ड सनले जितेपछि रोनाल्डोले सन् २०२३ भर विश्वकै सबै भन्दा बढी गोल गरेका थिए। रोनाल्डोले क्लब र राष्ट्रका लागि कुल ५४ गोल गरेका थिए।

एसियामा उत्कृष्ट फुटबलरको अवार्ड कुनै पनि खेलाडीलाई उपलब्ध छ जसले या त एएफसीसँग आबद्ध राष्ट्रको प्रतिनिधित्व गर्छ वा एएफसीको क्षेत्राधिकार अन्तर्गतको टोलीबाट खेल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *