September 20, 2024

एजेन्सी – लिभरपुल र बार्सिलोनाका पूर्व मिडफिल्डर जाभियर मास्चेरानोले पेरिस ओलम्पिक खेलकुदमा लियोनेल मेस्सी र एन्जल डि मारियाले खेल्न सक्ने बताएका छन्।

हालसालै एक कुराकानीका क्रममा मास्चेरानोले मेस्सी र डि मारियाको चाहना भए दुवै खेलाडी पेरिस ओलम्पिक खेलकुदमा सहभागी हुन सक्ने बताएका हुन्।

डि मारियाले कोपा अमेरिका आफ्नो अर्जेन्टिनाबाट अन्तिम प्रतियोगिता हुने भएपनि ओलम्पिक सम्म कुरा राम्रो हुने मास्चेरानोले बताए। उनका अनुसार ओलम्पिक मारियाका लागि खेल जीवनको समापन गर्ने एक राम्रो अवसर हुन सक्छ।

“लियो र एन्जेलले खेल्ने नखेल्ने निर्णय गर्न पाउँछन्। ओलम्पिक खेलहरूमा खेल्ने-नखेल्ने निर्णय उनीहरुकै हातमा छ। एन्जेलले कोपा अमेरिका संगै खेल जीवनको समापन गर्न सक्छन्। तर मलाई लाग्छ त्यसको लागि ओलम्पिक राम्रो अवसर हुन सक्छ।”,मास्चेरानोले भने।

ओलम्पिक खेलहरूमा एक राष्ट्रले फुटबलका लागि अन्डर २३ का खेलाडीहरुलाई मैदानमा उतार्न पाउँछ। टोलीमा दुई जना सम्म सिनियर टोलीका २३ वर्ष उमेर भन्दा माथिका खेलाडी हुन सक्छन्।

सन् २००८ को ओलम्पिकमा अर्जेन्टिनाले गोल मेडल जितेको थियो। त्यसबेला मेस्सी र डि मारिया दुवै सो टोलीको हिस्सा थिए। आगामी ओलम्पिकमा सहभागी भएर मेस्सी र डि मारियाले अर्जेन्टिनालाई अर्को गोल्ड मेडल दिलाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *