September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका डिफेन्डर काइल वाकरले आफ्नो म्यानचेस्टर सिटी टोलीका साथी केभिन डी ब्रुएना विशेष खेलाडीहरुको सूचीमा पर्ने दावी गरेका छन्।

एक कुराकानीका क्रममा वाकरले डी ब्रुएना अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीहरुको सूचीमा अटाउने दावी गरेका हुन्।

द बेस्ट फिफा फुटबल अवार्डमा मिडियासँग कुराकानी गर्नेक्रममा वाकरले डी ब्रुएनाको आगमन पछि सिटीले न्यूक्यासल युनाइटेड विरुद्ध कम्ब्याक जित निकालेको पल उल्लेख गरे।

“मेस्सी र रोनाल्डो जस्ता खेलाडीको सूचीमा कसैलाई राख्न सकिन्छ भने ती केभिन डी ब्रुएना हुन्। जब उनी आफ्नो उत्कृष्टमा हुन्छन्, तब उनले चमत्कार नै गर्छन्। न्यूक्यासल विरुद्ध जब उनी मैदानमा आए, त्यसले हामीलाई पक्कै उर्जा दियो।”,वाकरले भने।

न्यूक्यासल विरुद्धको खेलमा सिटी २-१ को गोल अन्तरले पछि परेको थियो। तर डी ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि २ गोल थप्दै जित आफ्नो पक्षमा पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *