September 20, 2024

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभीले ड्रेसिङ रुमको विश्वास गुमाएको हल्लाको बीच खेलाडीहरुको साथ नपाएको अवस्थामा आफूले क्लब छाड्ने बताएका छन्।

एक पत्रकार सम्मेलनका क्रममा जाभीलाई उनको भविष्य बारे प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा जाभीले खेलाडीहरुले आफूलाई टेर्न छाडेको दिन क्लब छाड्ने बताए।

जाभीले त्यसक्रममा आफू क्लबलाई केहि दिन प्रशिक्षकको रुपमा आएको उलेल्ख गरे। गत सिजन आफूले क्लबलाई लालिगा उपाधि नदिलाएको भए आफू अहिले सम्म क्लबमा नहुने बताउन पनि जाभीले छुटाएनन्।

“मलाई यो क्लब मन पर्छ। म क्लबलाई केहि दिन आएको छु। सकिन भने म घर जानेछु। यदि मैले गत वर्ष ला लिगा नजितेको भए अहिले म यहाँ हुँदैनथें। जुन दिन मेरा खेलाडीहरूले मलाई पछ्याउन छाड्छन्, म मेरो झोलाहरू प्याक गरेर जानेछु। जब कसैले मलाई समस्या छ भन्यो भने म छाडेर जानेछु।”,जाभीले भने।

जाभीका अनुसार उनलाई कतारबाट क्लब इतिहाँसकै खराब अवस्थामा रहेको भन्दै ल्याइएको थियो। आफूहरु असफलता भन्दा पनि सफलताको नजिक रहेको उनको भनाई छ।

उनले भने,” जब मालिकहरूले मलाई कतारबाट अनुबन्ध गरे, उनीहरुले मलाई क्लब इतिहाँसकै खराब अवस्थामा रहेको बताएका थिए। म शान्त छु। हामीसंग जित्नको लागि अझै तीन उपाधि छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *